Comments Add Comment

राधि जलविद्युतले पायाे सेयर निष्कासन अनुमती


७ कात्तिक, काठमाडौं । राधि विद्युत् कम्पनीले सर्वसाधरणको लागि जारी गर्न लागेको ७ लाख ६४ हजार कित्ता सेयरको निष्कासन अनुमती पाएको छ । मंगलवार धितोपत्र बोर्डले कम्पनीलाई सेयर निष्कासन अनुमति दिएको हो । कम्पनीले पहिलो चरणमा स्थानीयको लागि सेयर जारी गरिसकेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

कम्पनीको सेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्बद्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत सेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment