+
+

हेर्नुस् दुनियाँका पाँच अनौठा बेडरुम, कोही रुखमा त कोही गुफामा (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते ८:३६

तपाईंले धेरै शानदार बेडरुम देख्नुभएको छ होला । तर के कहिल्यै गुफामा वा रुखमा रहेको बेडरुम देख्नुभएको छ ? यदि छैन भने हेर्नुस् दुनियाँका यस्तै ५ अनौठा बेडरुम

१. रुखमा बेडरुम

माथिकाे तस्वीरमा हामी रूखमुनि बेडरूम देख्न सक्छाैं । याे  दक्षिण अफ्रिकाको लायन सेन्डस गेम रिजर्भमा एक रुखमाथिकाे बेडरुम हाे । किंग्स्टन ट्रिहाउसमा बनेको यो बेडरुम निकै अनौठो पनि छ । यो झ्यालकोठा सहितको छ र बाहिरबाट कुनै जंगली जनावरले आक्रमण गर्न नसक्ने बनाइएको छ ।

२. पानीको छाँगोवाला बेडरुम

माल्दिभ्सको सोनेभा जानी नामक फाइभ स्टार होटेलमा यस्ता बेडरुम छन् जहाँबाट तपाइँ सिधै पानीको छाँगोमा चिप्लिँदै समुद्रमा झर्न सक्नुहुन्छ ।

३. चट्टानभित्र बेडरुमस्पेनको मालोर्कामा रहेको केप रकेट बेडरुम पनि निकै अनौठो छ । उक्त ठाउँमा चट्टानहरुबीचमा निकै सुन्दर बेडरुम बनाइएको छ ।

४. काठैकाठको बेडरुमइण्डोनेसियाको निही सुम्बा बेडरुम काठैकाठले बनाइएको छ । यो ठाउँमा बसेर मज्जाले प्रकृतिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ प्राइभेट गार्डेन तथा आउटडोर शावर पनि रहेको छ ।

५.गुफामा बेडरुम

मेक्सिकोको रिभियरामा रहेको बे तुलुम एक अनौठो बेडरुम हो । यो बेडरुम गुफामा बनेको छ । यसको चारैतर्फ जंगल छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?