+
+

मुख्य सचिव रेग्मीद्वारा पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते १३:२०

८ कात्तिक, काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै मुख्यसचिव रेग्मीले संवैधानिक व्यवस्था अनुसार सुशासनलाई सदृढ र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले संविधानको प्रभावकारी कार्यान्वयनमा पनि आफूले जोड दिने उल्लेख गरे । मुख्यसचिव रेग्मीले सरकारको उपस्थितिलाई विश्वसनीय र मजबुद बनाउन सबै सचिवहरुको साथ र सहयोग रहने विश्वास पनि व्यक्त गरे ।

मुख्य सचिव रेग्मीले राज्यले दिएको कठिन जिम्मेवारीलाई पनि निजामती कर्मचारीहरुले सफलतापूर्वक सम्पदान गर्दै आएको पनि स्मरण गराए ।

पदभार ग्रहण गर्नुअघि रेग्मीलाई नेपाल सरकारका सचिवसहित उच्चपदस्थ कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

राजेन्द्र किशोर क्षेत्रीले उमेर हदकाकारण स्वेच्छिक अवकाश पाएपछि गृह मन्त्रालयका सचिव रेग्मीलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?