Comments Add Comment

काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले निर्विरोध

८ कात्तिक, काठमाडाैं । काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका छन् ।

जिल्ला क्रिकेट संघ काठमाडौंको आज भएको अधिवेशनले घलेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा विजयसिंह प्रधान, सचिवमा पूर्व राष्ट्रिय खेलाडी राजु बस्न्यात र कोषाध्यक्षमा महेश्वर श्रेष्ठ चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा मनिष ढुंगेल, कलाम अली, विजितध्वज चन्द, दिपेश पौडेल, बिनयकुमार शर्मा, शैलेश कर्माचार्य, सचिन तिमल्सिना, रितेश डंगोल, रमन श्रेष्ठ, अजयवीर पाण्डे र महेश्वरी डंगोल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment