+
+

युएईमा मनाइयो नेपाल संवत्

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १०:१२

युएई । नेपाल संवत ११३८ (न्हूदँया भिन्तुना) युएईमा भव्यताका साथ मनाइएको छ । नेवाः पुचः यूएईको आयोजनामा नेपालका राष्ट्रिय विभूति शंखधर साख्वा दिवस र नेपालको मौलिक नेपाल संवत ११३८ को अवसरमा र्यालीलगायतका कार्यक्रम आयोजना गरिएको हो ।

रोजगारीका क्रममा युएईका सबै शहरहरुमा फैलिएर रहेका नेवारहरुलाई एकै ठाउँमा समेट्नको लागि र्यालीको व्यवस्थापन गरिएको पुचःका उपाध्यक्ष राजेश प्रधान र सदस्य मनोजप्रसाद श्रेष्ठले गरेका थिए ।

पुचःका प्रमुख सल्लाहकार तथा जेष्ठ नेवाः डा सुरेन्द्रप्रसाद श्रेष्ठले पानसमा बत्ती बाली तथा राष्ट्रिय विभूति शंखधर साख्वाको तस्वीरमा माल्यार्पण गरी र्यालीको उदघाटन गरेका थिए । संरक्षक श्री श्रेष्ठज्यूको नेतृत्वमा र्याली सञ्चालन गरिएको थियो ।

र्यालीका सहभागीहरु अबुधाबीमा आयोजित सामूहिक म्हः पूजामा सरिक भएका थिए । म्हः पूजा कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावासका द्वितीय सचिव कृष्ण अर्याल रहेका थिए भने कार्यक्रमको सभापतित्व नेवाः पुचःका अध्यक्ष लक्ष्मण श्रेष्ठले गरेका थिए ।

नेवार परम्परा अनुसार थकालीको आसन प्रमुख सल्लाहकार डा. श्रेष्ठले ग्रहण गरेका थिए । विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ, यूएईका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ रहेका थिए ।

कार्यक्रमको सञ्चालन पुचःका महासचिव कुमार वलामी र श्रीमती नवीनाले गरेका थिए ।

पुचःका अध्यक्ष लक्ष्मण श्रेष्ठले संस्थाको कार्य प्रगति विवरण र भावी योजना बारेमा प्रकाश पारेलगत्तै थकालीवाट औपचारिक कार्यक्रमको समापनको घोषणा भएको थियो ।

नेवार परम्परा अनुसार थकाली पहिलो स्थानमा बसेर म्हः पूजा सम्पन्न गरिएको थियो । नेवार परिकारको भोजसँगै नेवार कलाकारहरुवाट साँस्कृतिक कार्यक्रम तथा देउसीभैलो कार्यक्रम पनि आयोजना गरिएको थियो ।

अबुधाबीमा आयोजित सामुहिक म्ह पूजा कार्यक्रम पुचःका संस्थापक सदस्य प्रज्वल श्रेष्ठको संयोजकत्वको भएको थियो भने संस्थापक सदस्य भुवन नकर्मी, संस्थापक सदस्य भीमनारायण श्रेष्ठ, सुनील श्रेष्ठ, शैलेन्द्र राय, भूपू अध्यक्ष रबिन महर्जनको पनि कार्यक्रममा सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?