Comments Add Comment

छठ पर्वको मुख्य दिनः पहिलो अर्घ आज साँझ अस्ताउदो सूर्यलाई

९ कात्तिक, रौतहट । तराईवासी नेपालीको महापर्व छठको आज मुख्य दिन ब्रतालुहरु साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी गर्दैछन् ।

संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । भगवान भाष्करलाई आज व्रतालुहरुले पहिलो अर्घ दिने छन ।

नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा आज व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्नेछन् भने भोलि बिहान उदाउँदो सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ ।

घरका सदस्यहरुले व्रतालुका लागी नदी किनारहरुमा आ-आˆनो स्थान सुरक्षित गरेर श्रृगारी सकेका छन् ।

छठ पूजाको लागि जिल्लाभरीका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी सिंगारिएको छ । झिलीमिली बतिले दुलही झै सजाइएका छठ घाटहरु यति खेर व्रतालु तथा दर्शनार्थीहरुको लागी तयार छन् । यिनै छठ घाटहरुमा आज व्रतालुहरुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् ।

३६ घण्टा लामो निर्जल व्रत शुरु

हिजो बेलुका छठ ब्रतालुहरुले खरना पुजा सम्पन्न गरेका थिए । पूजा पछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु भइसकेको छ ।

हिजो बेलुका पूजा पश्चात खाएको प्रसाद को भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र अन्न/जल ग्रहण गर्नेछन् ।

लगातार ३६ घण्टा सम्म निर्जल र निराहार भएर गरिने यो व्रत तराईवासीले निकै आश्था र श्रद्धा पूर्वक मनाउने गर्छन् । छठ व्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ति हुने र परीवारमा सुख शान्ति छाउने विश्वास छ ।

रौतहट जिल्लाको सदरमुकाम गौर लगायत गंगा पिप्रा, शिवनगर, गरुडा, कटहरीया तथा चन्द्रनिगाहपुरका लाखौं व्रतालुहरुले भक्तिभावका साथ आज अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment