९ कात्तिक, काठमाडौं । पूर्व सामान्य प्रशासनमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितको जीवन समेटेर आत्मकथा प्रकाशित हुने भएको छ ।
नेपालय पब्लिकेशनले बजारमा ल्याउने तयारी गरिरहेको आत्मकथालाई ‘सिंहदरबार बदल्ने संघर्ष’ नाम दिइएको छ ।
लालबाबु पण्डितले सञ्चारकर्मी मुकेश पोखरेलसँगको सहकार्यमा आत्मकथा लेखेका हुन् ।
पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका यी रोचक राजनीतिज्ञको जीवनी पुस्तक तराइवासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको नेपालयले जनाएको छ ।
‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्नथालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डित भन्छन्, ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु ।’
समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास पण्डित ब्यक्त गर्छन् । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया 4