+
+

टानमा प्रजातान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा

नयाँ कार्यसमिति चयनका लागि १२ कात्तिकमा चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १९:३१

९ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) को नयाँ कार्यसमिति चयनका लागि प्रजातान्त्रिक र वाम गठबन्धनसम्बद्ध पर्यटन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।

नयाँ कार्य समितिका लागि १२ कात्तिकमा चुनाव हुँदैछ । उमेदवारी दर्ता गर्ने समय बिहीबार साँझ सकिएको छ । अध्यक्ष पदका लागि तीन जनाको उमेदवारी परेको टानले जनाएको छ ।

टानका अनुसार वाम गठबन्धनबाट अध्यक्षका लागि नवराज दाहालले उम्मेदवारी दिएका छन् । प्रजातान्त्रिक समूहबाट मोहन लम्सालको उम्मेदवारी परेको छ । पर्यटन व्यवसायी नुरुजाङ्बु शेर्पाले पनि स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन नगराई सर्वसम्मत नयाँ कार्यसमिति चुन्ने प्रयास पनि भइरहेको छ । तर, त्यसका लागि भएका छलफलहरु फलदायी हुन नसकेको टानका महासचिव कर्ण लामाले जानकारी दिए ।

उनले भने, ‘टानलाई सकेसम्म राजनीतिभन्दा बाहिर राखेर सर्वसम्मत रुपमै नयाँ नेतृत्व चुनौं भनेर लागिपरेका छौं ।’

वाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, महासचिवमा आङ्तेम्बा शेर्पा र सचिवमा सुजन लामिछानेको उम्मेदवारी परेको छ । यस्तै, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह-कोषाध्यक्षमा तारा रानाले उमेदवारी दर्ता गराएका छन् ।

प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, महासचिवमा सेवन देवकोटा, सचिवमा सुरेन्द्रबहादुर कार्कीको उम्मेदवारी परेको छ । यस्तै, कोषाध्यक्षमा सुवास केसी र सह-कोषाध्यक्षमा किरण धरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?