+
+

भोलि सप्तरीका सबै स्थानीय तह बन्द गर्ने निर्णय

त्रिशूली बस दुर्घटनाः सप्तरीका सबै स्थानीय तह भोलि बन्द गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ११ गते १८:२९

११ कात्तिक, सप्तरी । राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बद त्रिशुली खोलामा भएको दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको ज्यान गएपछि जिल्लाका सबै स्थानीय तहले शोक मनाउने भएको छ ।

सबै स्थानीय तहमा आइतबार एक दिनको विदा दिँदै शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिएका छन् । जिल्लामा १८ वटा स्थानीय तह छन् ।

जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग यसबारेमा छलफल भइसकेको राजविराजका प्रमुख यादवले बताए ।

यसैबीच संघीय समाजवादी फोरम नेपाल र एमाले सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले बिज्ञप्ती जारी गर्दै घाइतेहरुको शिघ्र स्वाथ्य लाभको कामना गरेका छन् । साथै विज्ञप्तिमा दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारको ब्यबस्था मिलाउन माग गरिएको छ ।

यस्तै एमाले सप्तरीले पनि मृतकहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अबिलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?