+
+

शोकमा सप्तरी, आज सबै स्थानीय तह बन्द

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते ६:०६

१२ कात्तिक, काठमाडौं । राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परी सप्तरीका झण्डै डेढदर्जन व्यक्तिको ज्यान गएपछि जिल्लाका सबै स्थानीय तहले आज शोक मनाउने भएका छन् ।

जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुले छलफल गरेर एक दिन शोक मनाउने निर्णय गरेका हुन् ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार एक दिन जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । जिल्लामा १८ स्थानीय तह छन् ।

यसैबीच, फोरम नेपाल र नेकपा एमाले सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

यसैबीच, एमाले सप्तरी र फोरम नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुवै पार्टीले मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार हुने प्रवन्ध मिलाउन सरकारसँग माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?