Comments Add Comment

स्याङ्जा सहयोग समाज यूएईको समीक्षा बैठक सम्पन्न

अक्टोबर । तिहारको अवसर पारेर स्याङ्जा सहयोग समाजको आयोजनामा यूएईको विभिन्न शहरमा अायोजना गरिएको देउसी भैलो कार्यक्रमको समीक्षा गरिएको छ ।

दुबईस्थित नमस्ते ट्राभलको हलमा अायोजित बैठकमा कार्यक्रमको समीक्षा गरिएको हो ।

संस्थाका कार्यबाहक अध्यक्ष राजु के.सी. को सभापतित्वमा सम्पन्न बैठकले यूएईको खुल्ला आकाशमुनि खेलेको देउसी भैलो कार्यक्रम भब्य र सभ्यताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

सन् २०११ मा स्थापना भएको समाजले बिगतका वर्षमा भन्दा धेरै रमाईलोको साथ धेरै रकम जम्मा भएको र उक्त रकम आपत बिपतमा परेका नेपालीहरुमा नै सहयोग गर्ने संस्थाका कार्येबाहक अध्यक्षले बताए।

बिगत १०/१२ वर्षदेखि यूएईमा बस्दै आउँदा यो देउसी भैलोको रमाइलो पहिलो पटक महसुश गरेको बताउँदै र आगामी दिनमा पनि सँस्थालाई अगाडि लैजान निरन्तरता खटिरहने कुरा यसै सँस्थाका सक्रिय सदस्य तथा देउसी भैलो कार्यक्रमको अबधिभर अहम भूमिका निर्बाह गरेका बेद प्रकाश पोख्रेलले जानकारी दिए।

देउसी भैलो खेल्दा जत्तिको मज्जा त कहिले पनि नहुने रहेछ गएको वर्ष भन्दा यस पटक धेरै रमाईलो भएको हरि डुम्रेले जानकारी दिए।

बैठकमा मासिक बैठकमा स्याङ्जा सहयोग समाजको परिचयपत्र पनि बाँडेको  सँस्थाका कोषाध्यक्ष दिपक न्यौपाने ले बताए। उक्त बैठकमा संस्थाका सँस्थापक उपाध्यक्ष, बिजनेश काउन्सिल यूएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभल्सका संचालक एकेन्द्र बहादुर थापा , सस्थापक महासचिव तथा पत्रकार महासंघ युएईका भुपराज बस्याल ले आगामी दिनमा सँस्थालाई अझै अगाडि लैजान सकिने भन्दै देउसी भैलो को सम्पूर्ण टिमलाई बधाई दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment