+
+
Shares

यूएईका नेपाली कलाकारका दुःख-टिकट बेच्दै सित्तैमा गाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १२:२२
यूएर्इमा रहेका नेपाली कलाकारहरू

१२ कात्तिक, यूएई । यूएईका प्रतिभाशाली कलाकार सामाजिक कार्यक्रममा बाल्टी भरेर दुध दिने लौनो गाई भएका छन् । यूएईका क्रियाशील संघसंस्थाहरुबाट कलाकारको प्रतिभाको शोषण भएको गुनासो समेत सुनिन थालेको छ ।

राष्ट्रिय स्तरका कलाकारलाई नेपालबाट लाखौं खर्च गरेर बोलाइन्छ । तर, राष्ट्रिय स्तरकै कलाकारको प्रस्तुति दिने स्थानीय कलाकारलाई भने विना पारिश्रमिक काम गराउने चलन छ ।

‘केबल एउटा दोसल्ला र प्रमाणको भरमा चित्त बुझाउनु पर्ने वाध्यता छ’, एक स्थानीय कलाकारले भने ।

स्टेज तताउने हामी, पारिश्रमिक अरुलाईः सुदिप गैरे

लाखौ खर्च गरेर एल्बम निकालिन्छ र युएईमा राष्ट्रिय कलाकारहरुले भन्दा बढी स्टेच तताउँदा पनि पारिश्रमिक पाइँदैन । अब राहत र सहयोगको लागि गरिएको कार्यक्रममा बाहेक अन्य कार्यक्रममा निःशुल्क नजाने निर्णय गरेको छु ।

टिकट हामीले नै बेच्नुपर्छः हरि डुम्रे

जब चाडबर्ब आउँछ, हामी आफैं सम्बन्धित समाजको टिकट बेच्नेदेखि लिएर विभिन्न सहयोगमा जुट्छौं । स्टेजमा गाउँछौ, नचाउँछौं । तर, कुनै पारिश्रमिक पाइँदैन । नेपालबाट लाखाैं खर्च गरेर कलाकार ल्याउने समाजहरुले हामीमाथि अन्याय गरेका छन् ।

कलाकार बीच समझदारी छैनः सरोज थापामगर

कलाकारहरु बीच असमझदारी हुँदा स्थानीय कलाकारहरुले पारिश्रमिक नपाएका हुन् । सक्षम कलाकार ताली बजाउने र असक्षमले स्टेजमा गीत गाउने चलन नौलो होइन । यहाँ नातावाद, कृपावादको ठूलो चलखेल र मिलेमोतो छ ।

सक्षम र असक्षम छुट्याउने निकाय छैनः नरेन सापकोटा/प्रकाश ढकाल

फ्रिमा आफ्नो घाटी सुकाएर आफ्नै पसिनाले घाटी भिजाउने यूएईका कलाकारहरुको बाध्यता बनेको छ । कलाकारबीच एकताको कमी हुनुको साथै को भन्दा को कम भन्ने प्रवृत्तिले पनि स्थानीय कलाकार पीडित छन् ।

यदी प्रतिभाशाली कलाकाहरुको छनौट गरेर उनीहरुको क्षमताको आधारमा मुल्याङ्कन गर्ने परिपाटी भएको भए, स्थिति अर्कै हुन्थ्यो । प्रतिभाको कुनै मापदण्ड छनौट गर्ने निकाय नै छैन ।

को सक्षम को असक्षम ? छुट्टाउने निकाय नहुँदा यसको फाइदा विभिन्न समाजहरुले दैनिक लिने गरेको देखिन्छ । समाजसेवीहरुले स्वयम् अरुको पसिनाको कदर गर्नु पर्छ भनेर बुझ्न जरुरी छ ।

हाम्रो पारिश्रमिक तोकिँदैनः गोपाल भट्टराई

हामी काम गरेर पनि हरेक संघसंस्थालाई रमाइलो दिन र हाम्रो संस्कृति जोगाउन कोसिस गरिरहेका छौ । हामी नेपालमा थियाैं भने पनि राष्ट्रिय कलाकारको उपाधि पाउने थियौं । तर, युएईमा हरेक समाजिक कार्यमा तन, मन, धनले सहयोग गर्दा पनि हाम्रो कुनै पारिश्रमिक तोकिएको छैन ।

निःशुल्क लोक गीत गाउँछु: बिनोद लोहनी क्षेत्री

म नेपालि गीत संगीतलाई धेरै माया गर्छु । त्यसमा लोक गीत मेरो प्रमुख बिधा हो । त्यही बिधा अन्तर्गत रहेर लोक गीतमा आवाज दिने, लय सिर्जना गर्ने, अनि शब्द पनि बनाउँछु । यो काम निःशुल्क हुनु हुँदैन । तर, बाध्यता छ ।

स्थानीय कलाकारको बारेमा युएईका संस्थाका प्रमुखको भनाई

मणिप्रसाद भुर्तेल, निर्वतमान महासचिव, नेपाली समाज, युएई 

यूएर्इस्थित विभिन्न सँस्थामा अावद्ध मणि, भुवन र खुम

स्थानीय कलाकार पारिश्रमिकबाट बञ्चित बनेको तितो यथार्थ हाम्रै सामु छ । टाढाको आरनभन्दा नजिकको ढुंगा प्यारो भएर पनि हो यस्तो भएको ।

यहाँ कलाकारहरु हरेक जिल्ला, समाज, जातीय समाज, राष्ट्रिय समाजसँग सम्बन्धित छन्, कोही कार्य समितिमा पनि छन् त कोही सदस्य । युएईका कलाकारले कलाको माध्यमबाट समाजसेवा गरेकाले पनि पारिश्रमिकबाट बञ्चित छन् ।

यूएईलाई कर्मथलो बनाएका ६० भन्दा धेरै कलाकार छन् । आयोजकले खोज्ने हो भने युएईमा सबै विधा मा पोख्त कलाकार छन् ।

राजु खड्का, अध्यक्ष, अर्घाखाँची सम्पर्क समिति

रोजगारको शिलशिलामा युएईमा रहेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने सन्दर्भमा स्थानीय कलाकार निःशुल्क प्रस्तुति दिन वाध्य छन् । यस्तो हुनुमा २ वटा कारण रहेको मैले अनुमान गरेको छु ।

पहिलो वास्तवमै कला भएका ब्यक्तिहरुभन्दा सिकारु या आफूलाई दक्ष मान्ने तर, यथार्थमा केही नहुनेहरु संस्थामा आबद्ध हुने र स्टेज नदिँदा संस्थालाई नै असर पार्छन् कि भन्ने भयका कारण राम्रोभन्दा पनि हाम्रो भन्ने रोजाइमा पर्ने गरेका छन् ।

कतिपय कलाकारलाई जे भए पनि आफ्नो कला देखाउन स्थान पाए हुन्थ्यो भन्ने पनि छ । दुबईमा कुनै पनि कार्यक्रम गर्दा खर्च निकै हुने र नेपालबाट जे जस्ता भए पनि कलाकार बोलाँउदा टिकट बेच्न सजिलो हुने हुँदा आफ्नो परिश्रम नमिले पनि नामको लागि मात्र भए पनि आफ्नो प्रस्तुति निःशुल्क दिन बाध्य छन् ।

खुम आले मगर, अध्यक्ष, पाल्पाली समाज, युएई

यहाँ आएका पेसेबर कलाकार होइनन् । नोकरी गर्न आएकाहरुले खाली समयमा आफ्नो प्रस्तुती दिने गरेका छन् । जसले कलाकारिता क्षेत्र मात्रै रोजेर आफ्नो जिविकोपार्जन गर्छन्, उसैलाई कलाकारभन्दा सान्दर्भिक होला । यहाँ आएर अरु नै काम गर्ने अनि कलाकार हुँ पनि भन्नु भनेको चाँहि दोहोरो नागरिकता खोजे जस्तै हो ।

राजा बगरकाे सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?