Comments Add Comment

बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो

१३ कात्तिक, झापा । झापा प्रशासनले शुक्रबार दिउँसो साढे १ बजेदेखि बिर्तामोडमा लगाएकाे कर्फ्यु आइतबार राति ९ बजेदेखि सोमबार १२ बजेसम्मलाई हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

सुनसान बिर्तामोड बजारमा कर्फ्यु हटेसँगै सर्वसाधारणको चहलपहल बढ्दै गएको छ । यद्यपि, शैक्षिक संस्था र कार्यालयहरु भने अझै खुलेका छैनन् । प्रशासनले आइतबार राति ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र कर्फ्यु खुल्ने बताएकाले ती कार्यालयहरु नखुलेका हुन् ।

‘हिजो राति ९ बजेदेखि बिहान ९ बजेसम्मलाई कर्फ्यु हटाइएको थियो’, झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अनलाइनखबरसँग भने, ‘बिहानको अवस्था हेरेर फेरि १२ बजेसम्मलाई कर्फ्यु हटाइएको हो ।’

उनले बिर्तामोडको जनजीवन विस्तारै सामान्य बन्दै गएको बताए ।

बालक मृत्यु प्रकरणको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि बिर्तामोडमा कर्फ्यु जारी गरिएको थियो । प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अस्पतालमा उपचार भइरहेको छ भने उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment