Comments Add Comment

कांग्रेसले छान्यो १० उम्मेदवार, आरजु देउवा कैलाली ५ बाट चुनाव लड्ने

फाइल तस्वीर

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।

सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले राणासहित १० उम्मेदवार घोषणा गरेको हो। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय भएको छ ।

दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए ।

तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधान अनुसार कैलाली ५ छाडे । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।

यस्तै झापा ३ मा कृष्ण सिटौला, काठमाडौं ३ मा अम्बिका बस्नेत, मकवानपुर २ मा महालक्ष्मी डिना उपाध्याय र तेह्रथुमबाट सीता गुरुङले टिकट पाएका छन् ।

संसदीय समितिले गुल्मी १ मा चन्ऽ भण्डारी र २ मा चन्ऽ केसी, सुर्खेत २ मा हृदयराम थानी र सल्यानमा राजेन्द्रबहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।

पाल्पा १ मा विजय घिमिरे, २ मा हरि नेपाल र अर्घाखाँचीमा रामबहादुर बिसी उम्मेदवार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment