Comments Add Comment

चितवनको कृषि र पर्यटन क्षेत्रमा सहयोग गर्न चीन इच्छुक

१३ कात्तिक, चितवन । नेपालका लागि चिनियाँ राजदूत यु होङले चितवनको कृषि, पर्यटन लगायत क्षेत्रमा चीन सहयोग गर्न इच्छुक रहेको बताएकी छन् ।

जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा राजदूत यु होङले नेपालको विभिन्न क्षेत्रमा चिनले सहयोग गरेको स्मरण गर्दै चितवनको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

राजदुत होङले चितवनमा पर्यटनको प्रचुर सम्भावना भएको आफूले पाएको भन्दै यसलाई विश्वका माझमा परिचित गराउनुपर्ने बताइन् ।

आधुनिक कृषि प्रणाली चितवनका लागि आवश्यक रहेको भन्दै उनले कृषिको विकासको लागि चीन सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने समेत आश्वासन दिइन् ।

चीन सरकारको सहयोगमा बनेको भरतपुरमा क्यान्सर अस्पताल निर्माण भएको स्मरण गर्दै अस्पतालको स्तरोन्नती र आधुनिकीकरणका लागि सहयोग गर्ने उनको भनाइ छ ।

राजदुत होङले चीनमा हुन लागेको चिनियाँ एक्स्पोमा सहभागी हुन जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीलाई अनुरोध गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनको भौगोलिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment