Comments Add Comment

वेस्टर्न युनियनको ‘सम्बन्धको उत्सव योजना’का बिजेतालाई सामसङ् ग्यालेक्सी जे ७ प्रो

१४  कात्तिक, काठमाडौं । विश्वमा भुक्तानी सेवाहरुको अग्रणी कम्पनी वेस्टर्न युनियनले दशैं तिहार तथा छठको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’ नारा सहितको योजनाको सबै विजेताहरुको नाम घोषणा गरेको छ ।

यस अभियान अन्तर्गत सामसङ जे ७ प्रो जित्ने विजेताहरुकोे नाम सार्वजनिक गरेको हो । प्रत्येक साता अभियानभर गरिएको लक्की ड्रमार्फत अर्जुन ओली , कैलाश ज्ञवाली, आशा मगर, प्रकाश जोशी, गोविन्द दास श्रेष्ठ, धन धोज लिम्बु, सुक माया मोक्तान र अब्दुल करीम मिया बिजेता भएका हुन् ।
‘सामसङ मोबाइल प्रत्येक साता दिनु साथ’ नामक अभियानका दैनिक विजेताहरुले समेत रु. ५० देखि रु. ५ सयसम्मको रिचार्ज ब्यालेन्स प्राप्त गर्दै आएका छन् ।

यो योजनाले विदेशमा रहेर चाडपर्व मनाउन नपाउने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई नजिक ल्याउने र वेस्टर्न युनियनले आफ्नो सेवा मार्फत ग्राहकहरुलाई आफ्ना आफन्तसँग नजिक भएको अनुभुति गराउन ल्याइएको थियो । योजनाको नारा अनुसार दशैं तिहार र छठमा आफन्तसँग रमाइलो कुराकानी गर्ने वातावरण सिर्जना गर्नकालागि अफर ल्याइएको थियो ।

भदौ १८ बाट सुरु भएको यो योजना ११ कात्तिकमा सम्पन्न भएको छ । यो योजनामा वेस्टर्न युनियनका सात वटा मुख्य एजेन्टहरु अन्नपुर्णा ट्राभल, सि.जि फिन्को, हुलास रेमिटेन्स, माया रेमिट, नविल बैंक, डिजिटेक र सुर्य रेमिटले सेवा प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment