Comments Add Comment

सन्नी लियोनी किन सँधै श्रीमानलाई साथ लिएर हिँड्छिन् ?

पोर्न इन्डष्ट्रीबाट बलिउडमा इन्ट्री गरेकी सन्नी लियोनी बिस्तारै-बिस्तारै सफलतातर्फ अघि बढिरहेकी छिन् । शाहरुख खानको फिल्म ‘रइस’ मा आइटम डान्स गरेकी उनलाई चाँडै नै सलमान खानको आगामी फिल्ममा हेर्न पाइने भएको छ ।

सन्नीको विषयमा चर्चा गर्दा एउटा कुरा धेरैलाई कौतुहलको विषय बन्ने गरेको पाइन्छ । त्यो हो, उनी जहाँ जाँदा पनि किन श्रीमान डेनियललाई साथ लिएर हिँड्छिन् ? यसको जवाफ एक अन्तरवार्तामा सन्नी स्वयम्ले दिएकी छिन् ।

सन्नीलाई पोर्न इन्डष्ट्रीबाट तानेर निर्देशक महेश भट्टले बलिउडकी हिरोइन बनाएका थिए । तर उनलाई मुलधारका कलाकारहरुले अछुतको व्यवहार गर्थे । उनी कुनै कार्यक्रममा पुग्दा अन्य कलाकारहरु उनीसँग नजिक बस्न समेत रुचाउँदैनथे । अवार्ड शोमा जाँदा सन्नी जब स्टेजमा उक्लिन्थिन्, मुलधारका कलाकारहरु उनीसँग उभिनसमेत हिच्किचाउँथे । उनीहरुका नजरमा सन्नी एक फोहोरी फिल्म उद्योगबाट आएकी फोहोरी नायिका थिइन् ।

यसरी सबैले हेयको दृष्टिले हेर्ने गरेको र आफू एक्ली पर्ने गरेकाले सन्नीले जहाँ जाँदा पनि श्रीमानलाई साथै लिएर हिँड्न थालिन् । यो क्रम अहिले पनि जारी छ । डेनियल पनि आफ्नी पत्नीलाई कसैले हेला गरेको हेर्न सक्दैनन् । उनले सन्नीलाई हरेक कदममा साथ दिदै आएका छन् ।

शाहरुख खानको फिल्ममा काम गरेपछि उनलाई हेर्ने नजर अलिकति बदलिएको छ । तर, पनि डेनियलले सन्नीलाई कतै पनि एक्लै जान दिदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment