Comments Add Comment

अनेरास्ववियु र अखिल क्रान्तिकारीले बनाए ११ हजार १११ सदस्यीय प्रचार समिति

आजै उपत्यकास्तरीय भेला आयोजना

आज बागबजारमा बसेको अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त बैठक ।

१५ कात्तिक, काठमाडौं । वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीका विधार्थी संगठनहरुले संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको आज बागबजारमा बसेको संयुक्त बैठकले ११ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको हो ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने, ‘अब हाम्रा भेला, प्रशिक्षण र चुनाव प्रचार संयुक्त रुपमा नै हुनेछन् । आगामी निर्वाचनमा वाम गठवन्धनलाई जिताउन आजैबाट हामीहरु परिचालित भएका छौं ।’

बस्नेतका अनुसार अनेरास्ववियु र अखिल क्रान्तिकारीले आजै दिउँसो बागबजारमा उपत्यकास्तरीय संयुक्त भेला आयोजना गरेका छन् ।

भेलालाई एमाले नेता शंकर पोखरेल र माओवादी नेता वर्षमान पुन ‘अनन्त’ले सम्वोधन गर्दै आवश्यक निर्देशन दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

एमाले सम्वद्ध युवा संघ र माओवादी सम्वद्ध वाईसीएलले पनि संयुक्त चुनाव परिचालन समिति गठन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment