Comments Add Comment

यी हुन् ४ नम्बर प्रदेशका एमाले उम्मेदवार

प्रतिनिधिसभामा १८ मध्ये १३ सिट एमाले, प्रदेशमा बराबरी भागबण्डा

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर ४ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको नाम टुंगो लगाएको छ । यसअघिनै ६ र ७ का उम्मेदवारको नाम टुंगो लागिसकेको छ ।

अब १,२,३ र ५ का उम्मेदवार तय गर्न स्थायी कमिटी बैठक जारी रहेको प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले बताए ।

एमालेका प्रदेश संयोजक गुरुङ ४ नम्बर प्रदेशको मुख्य मन्त्रीको दावेदारका रुपमा तनहुँबाट प्रदेशसभा उम्मेदवार बनेका छन् । उनी यसअघिनै निर्विकल्प रुपमा मुख्यमन्त्रीका रुपमा प्रदेशमा गए पनि लम्जुङबाट पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ पनि प्रदेशसभाकै उम्मेदवार बनेका छन् ।

प्रदेश संयोजक भएकाले आफू भावी मुख्यमन्त्रीको स्वभाविक दाबेदार रहेको किरण गुरुङले बताए । उनी तनहुँ क्षेत्र नम्बर २ को ख बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् ।

प्रदेश नम्बर ४ मा प्रतिनिधिसभाका १८ विर्नाचन क्षेत्रमध्ये एमालेले १३ र माओवादीले ५ सिट बाँडेका छन् । एमालेले कास्कीका तीनै सिट लिएको छ भने तनहुका दुवै सिट पाएको छ ।

त्यस्तै स्याङजामा पनि प्रतिनिधिसभाका दुवै सिट एमालेले पाएको छ । नवलपुरका दुई मध्ये एउटा एमालेले र एउटा माओवादीले पाएका छन् । त्यस्तै पर्वतमा पनि प्रतिनिधिसभा एमालेले पाएको छ ।

यसअघि गोरखामा दुवै सिट माओवादीले पाएको थियो भने लम्जुङ र बागलुङमा एक एक सिट पाएको थियो । एमालेले पहिलो चरणमा म्याग्दी, मुस्ताङ, मनाङ र बागलुङ १ पाएको थियो ।

प्रदेशसभाका ३६ सिटमध्ये एमाले र माओवादीले बराबरी १८/१८ सिट बाँडेका छन् ।

यी हुन एमालेका प्रदेश ४ का उम्मेदवार

प्रतिनिधिसभाका उम्मेदवार

नवलपुर २ः तिलक महत
तनहुँ १ः कृष्णकुमार श्रेष्ठ
तनहुँ २ः केदार सिग्देल
कास्की १ः खगराज अधिकारी
कास्की २ः रविन्द्र अधिकारी
कास्की ३ः जगत विश्वकर्मा
स्याङ्जा १ः नारायण मरासिनी
स्याङ्जा २ः पद्माकुमारी अर्याल
पर्वतः पदम गिरी

प्रदेशसभाका उम्मेदवार

नवलपुर १ ‘ख’- रोशन गाहा मगर
नवलपुर २ ‘ख’- जनकलाल श्रेष्ठ
तनहु १ ‘क’- रामवहादुर गुरुङ
तनहु २ ‘ख’- किरण गुरुङ
कास्की १ ‘ख’- मनवहादुर गुरुङ
कास्की २ ‘क’- कृष्ण थापा
कास्की ३ ‘ख’- राजिव पहारी
स्याङ्जा १ ‘ख’- मीनप्रसाद गुरुङ
स्याङ्जा २ ‘क’- मोहन रेगमी
पर्वत ‘ख’- विकास लम्साल

यो पनि पढ्नुस्

एमालेले टुंग्यायो ६ नम्बर प्रदेशका उम्मेदवार (सूची सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment