Comments Add Comment

फोरमले सम्झौता तोडेको कांग्रेसको आरोप, सुनसरी १ मा उम्मेदवारी दिने तयारी

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सुनसरी १ को प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमलाई नसघाउने चेतावनी दिएको छ । त्यसो भएमा त्यहाँ बाणिज्यमन्त्री मीन विश्वकर्मा उम्मेदवार हुनेछन् ।

यसअघि दुई दलबीच सुनसरी १ मा कांग्रेसले फोरमका वरिष्ठ नेता अशोक राईलाई र ४ मा फोरमले कांग्रेसका ज्ञानेन्द्रबहादुु कार्कीलाई सघाउने सहमति भएको थियो । साथै १ को प्रदेशसभाको २ सिट कांग्रेसले लिने र ४ को ख फोरमले लिने सहमति भएको थियो । त्यस अनुसार कांग्रेसले मीनलाई समानुपातिकमा राख्यो ।

तर, फोरमले ४ को साटो ३ मा खाली राखेर बाँकी ३ क्षेत्रमा उम्मेदवार घोषणा गर्‍यो भने प्रदेशमा आठै उम्मेदवार तोक्यो ।

कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्, ‘सहमति अनुसार फोरम अघि बढ्ने देखिएन । त्यसो भए म पनि उम्मेदवार बन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment