Comments Add Comment

उम्मेदवारी दर्तापछि प्रचण्डले भने-चितवनवासीले हराए स्वीकार्छु

कांग्रेसलाई सुझावः सबैलाई फर्काउनुस् तर राजा नफर्काउनु होला

१६ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट जितेर देशकै नेतृत्व गर्ने धेयका साथ उम्मेदवार बनेको बताएका छन् ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ मा उम्मेदवारी दिएका प्रचण्डले चितवनबासीले हराए आफूलाई स्वीकार गर्ने बताए ।

‘धेरै साथीहरुले मलाई तपाई नजानुस् सबै मिलेर हराउछन् पनि । तर, यसपटक किन हो किन मलाई चितवन नगई छोड्दिन जस्तो लाग्यो’ उनले भने, ‘जनताको फैसला मलाई स्वीकार्य छ, हराउने भए पनि हराउनुस् ।’

सबैलाई फर्काउनुस् तर राजा नफर्काउनु होला

प्रचण्डले वाम गठवन्धन र एमालेसँग पार्टी एकता गर्ने सहमतिपछि कांग्रेसमा १० रेक्टर स्केलको भूकम्प गएको बताउँदै नआत्तिन कांग्रेसलाई आग्रह गरे ।
‘विभिन्न कालखण्डमा पार्टी छाडेकाहरु फर्किएका छन्, विजय गच्छदार आउनुभयो, महन्थ जीलाई पनि फकाउर्नुस् । कमल थापासँग चुनावी एकता भएकै छ’ उनले भने, ‘फर्काउन त सवैलाई फकाउर्नुस् तर राजा नफर्काउनु होला ।’

कांग्रेसले देशका उद्योग धन्दा नीजिकरणका नाममा बेचेर खाने र भष्ट्राचार गर्ने काम गरेको भन्दै उनले अब थोत्रा आर्दशबाट जनता भ्रमित हुन नहुने बताए । कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेसका नेताप्रति विश्वास नलागेर मृत्यु शैयामा ‘यो देशको जिम्मा तपाईलाई लगाएँ’ भनेको स्मरण आफुले गरेको अध्यक्ष प्रचण्डको दाबी छ ।

उनले कांग्रेस नेतृत्वको गठवन्धन लोकतान्त्रिक नभई दक्षिणपन्थी भएको आरोप समेत लगाए । कम्युनिष्टहरुले अधिनायकवाद ल्याउन खोजेको आरोपप्रति आक्रोशित बनेका प्रचण्डले आफुलाई लोकतन्त्रको पाठ नसिकाउन चेतावनी दिए ।

उनले भने, लोकतन्त्र हामी कम्युनिष्टहरुको शब्द हो, कांग्रेसको प्रजातन्त्र हो । प्रजातन्त्रबाट लोकतन्त्र भन्न कांग्रेसलाई हामीले नै सिकाएको हो । अझै पनि कांग्रेसका नेताले प्रजातन्त्र नै भनेको तपाई पनि सुन्नभएको होला ।’

वाम गठवन्धनको नामको वीचमा वाम लोकतान्त्रिक गठवन्धन राख्न मात्रै छुटेको उनले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले जननेता मदन भण्डारीको सपना साकारा पार्न पनि एमालेसँग पार्टी एकता गर्न लागेको बताए । ‘मदन भण्डारी र मेरो वीचमा २०५० साल जेष्ठ ११ गते भेट गर्ने राति डिनर बैंठक गर्ने भन्ने कुरा भएको थियो । उहाँ र म एउटै कम्युनिष्ट पार्टी बताएर जानुपर्दछ भन्ने पक्षमा थियौं’ अध्यक्ष प्रचण्डले भने, ‘इतिहासले अर्को दुर्भाग्य निम्तायो, उहाँसँग मेरो भेट हुन पाए मदन भण्डारीको हत्या गरियो ।’

केपी ओली र आफ्नो बीचमा केही स्वभाव मिल्ने भएकोले यसपटक पार्टी एकता गरिने उनको दाबी छ ।

चुनावी सभालाई सम्वोधन गर्दै एमाले स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले चितवनको विकासमा माओवादी अध्यक्ष प्रचण्ड र आफुले मिलेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment