+
+
Shares

अमेरिकामा हुने भनिएको ‘नेम्पा अवार्ड’ स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते १२:४७


अमेरिकाको टेक्सासस्थित डलासमा हुने भनिएको ‘नेम्पा फिल्म अवार्ड’ दोश्रो पटक पनि सरेको छ । चलचित्र संघ र डलासस्थित डीएबीएस इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको अवार्ड प्राविधिक कारणले स्थगित भएको आयोजकले बताएको छ ।

यो अवार्डमा सहभागी हुन ५० बढी कलाकार अमेरिका जाने बताइएको थियो । चलचित्र संघले अवार्डका लागि नोमिनेशन पनि सार्वजनिक गरिसकेको थियो । तर, नेपालबाट जाने अधिकांश चलचित्रकर्मीलाई अमेरिकाले भिजा दिएन । यसैले, पनि अवार्ड स्थगित भएको वुझिएको छ ।

अमेरिकाको आयोजक संस्था डीएबीएसले कार्यक्रम घोषणादेखि अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । कार्यक्रमका लागि टिकट लिइसकेका दर्शकलाई आयोजकसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?