Comments Add Comment

बागी उम्मेदवारलाई ओखलढुंगा कांग्रेसले लगायो १० वर्षे कारबाही

१७, कात्तिक, ओखलढुंगा । आधिकारिक उम्मेदवार बिरुद्ध ‘सफाइ अभियान’ भन्दै विद्रोह गरेका ओखलढुंगा कांग्रेसका उम्मेदवारसहितका नेताहरुलाई नेपाली कांग्रेसले १० वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

कांग्रेस पार्टी कार्यालयले विज्ञप्ती निकालेर बागी उम्मेदवार ज्ञानेन्द्र रुम्दाली, उनका प्रस्तावक महाधिवेशन प्रतिनिधी रामजी वास्तोला र कमल तामाङ तथा उम्मेदवार रुम्दालीका सर्मथक ठाकुर गौतमलाई कारबाही गरेको जानकारी दिएको हो ।

तरूण दल जिल्ला अध्यक्ष रुम्दालीले जिल्ला सभापति प्रदीप सुनुवारले उम्मेदवारी दिएको प्रदेश तर्फ क्षेत्र ‘ख’मा बागी उम्मेदवारी दिएका थिए ।

जिल्ला सचिव रुद्र अधिकारीले बागी उम्मेदवारको प्रचारमा जुटेका सबै नेता कार्यकर्ताहरुको पहिचान गरेर पार्टीबाट निस्काशन गर्ने बताए । उनले बागी उम्मेदवारको पक्षमा लाग्नेहरुलाई आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जुट्न आग्रह गरे । अन्यथा कारवाही भोग्न तयार हुन चेतावनी दिए ।

बागी उम्मेदवारको पक्षमा लाग्नेहरुको पहिचान भइरहेको र पहिचान हुनासाथ कारवाही गरिने कांग्रेसले विज्ञप्तीमार्फत जनाएको छ ।

नेपाली कांग्रेसले क्षेत्र नै परिवर्तन गरेर उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताहरुले आधिकारिक उम्मेदवार विरुद्ध रुम्दालीलाई उम्मेदवार बनाएर प्रचार आक्रमक बनाएपछि कांग्रेसका आधिकारिक उम्मेदवारलाई धक्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment