+
+

राप्रपा प्रजातान्त्रिकका नेता तिमिल्सिना माओवादी प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १८ गते १५:०७

१८, कात्तिक, चितवन । राप्रपा प्रजातान्त्रिक चितवनका जिल्ला अध्यक्ष बदि्र तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनको माडीमा भएको एक कार्यक्रममा सवैलाई आश्र्चायचकित पार्दै तिमिल्सिना माओवादी प्रवेश गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमिल्सिनासहित करीव १ सयजति राप्रपाका कार्यकर्तालाई टिका लगाएर पार्टीमा भित्राए । सार्वजनिक कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रोपटक माडी पुगेका छन् ।

तिमिल्सिनाको टोली माओवादीमा प्रवेश गरेपछि चितवन ३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डे समस्यामा परेका छन् ।

उम्मेदवारी दर्ताको दिनमा समेत तिमिल्सिना लोकतान्त्रिक गठवन्धनका तर्फबाट अगुवाई गर्दै हिडिँरहेका थिए । तिमिल्सिना यसअघि कमल थापाको राप्रपा नेपालको जिल्ला अध्यक्ष थिए । राप्रपा पार्टी विभाजन भएपछि तिमिल्सिना विक्रम पाण्डे जता लाग्छन् उतै जाने भन्दै राप्रपा प्रजातान्त्रिकतिर लागेका थिए ।

उनी भरतपुर महानगरपालिकामा राप्रपाको तर्फबाट मेयरको उम्मेदवारसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?