Comments Add Comment

मोरङ ३ मा एमालेका बागीले उम्मेदवारी फिर्ता लिए

१९ कात्तिक, मोरङ । वाम गठबन्धनका तर्फबाट एमाले नेता भानुभक्त ढकालले उम्मेदवारी दिएको मोरङको क्षेत्र नम्बर ३ मा एमालेका बागीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

वामपन्थी गठबन्धनका उम्मेदवार ढकाललाई सहयोग गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको केरौन गाविसका पूर्वअध्यक्ष एवं एमालेका नेता भेषनाथ रिजालले बताए । साथै एमालेका पूर्वजिल्ला उपाध्यक्ष डीपी राईले प्रदेशसभामा दिएको बागी उम्मेदवारी फिर्ता लिएका छन् ।

दुबै बागीहरुलाई पार्टी अध्यक्ष केपी ओलीले यथोचित सम्मान गरिने प्रतिवद्धता व्यक्त गरेपछि उम्मेदवारी फिर्ता लिएको एमकाले स्रोतले बतायो ।

मोरङको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका प्राुख सचेतक भानुभक्त ढकालले प्रतिनिधिसभातर्फ टिकट पाएका छन् भने कांग्रेसबाट मेडिकल सञ्चालक सुनील शर्माले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment