+
+
Shares

छिमेकीको गोरु मार्ने ३ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १९ गते १३:३१

१९ कात्तिक, भोजपुर । भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका–८, गोगनेमा छिमेकीको गोरु मारेपछि प्रहरीले गौ हत्याको आरोपमा तीन जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय भिम विष्ट, २१ वर्षीय विकास तामाङ र १९ वर्षीय खगेन्द्र विष्ट रहेका छन् ।

उनीहरुले गत असोज २३ गते राति स्थानीय छत्रबहादुर विष्टको गोठमा रहेको एक हल गोरुलाई बञ्चरो लगायत धारिलो हतियार प्रयोग गरी मारेपछि विष्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीपछि शनिबार ती आरोपीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, भोजपुर ल्याएको थियो ।

गौ हत्याको आरोपमा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?