Comments Add Comment

‘गोलमाल’ले चम्कायो परिणितीको भाग्य, अब अक्षयसँग देखिदै


‘लेडिस भर्सेस रिक्की बहल’बाट बलिउडमा डेब्यू गरेकी नायिका परिणती चोपडाले करिअरमा सफल चलचित्र खोजेको लामै समय भएको थियो । तर, उनका लागि चलचित्र ‘गोलमाल एगेन’ लक्की साबित भैदियो ।

यो चलचित्रले बक्स अफिसमा कमालको व्यापार गरेपछि परिणितीको करिअर पनि अब तिव्र गतीमा अगाडि बढ्ने देखिएको छ । परिणितीले यशराज ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘संदिप और पिंकी फरार’मा काम गर्दैछिन् । यो चलचित्रमा उनको जोडीको रुपमा नायक अर्जुन कपुर देखिदैछन् ।

अब, उनको हातमा अर्को एक नयाँ चलचित्र पनि परेको छ । मिडिया रिपोर्ट अनुसार नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘केशरीमा पनि परिणिती फाइनल भएकी छिन् । यो चलचित्र परिणितीको करिअरकै लागि महत्वपूर्ण हुनेछ । बक्स अफिसमा चम्किरहेका अक्षयको जोडीको रुपमा देखिदा परिणितीलाई फाइदा नहुने कुरै भएन । अब, परिणितीको बलिउड भाग्य चम्किन थालेको विश्लेषण गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment