Comments Add Comment

चर्चामा हिमस्टार एलईडी, कम्पनी भन्छ-अपत्यारिलो मूल्यमा गुणस्तरीय बल्ब


२० कात्तिक, काठमाडौं । गतवर्ष कुलमान घिसिङले एलईडी बल्ब प्रवर्द्धनका लागि भारतबाट ल्याएर वितरण गर्ने योजना बनाए । तर, त्यसलाई विभिन्न किसिमबाट असफल बनाइयो । तर, त्यसैका माध्यमबाट आम जनताले एलईडी बल्बको महत्व भने बुझे र प्रयोग बढाए ।  त्यसैका कारण अहिले एलईडीको प्रयोग ह्वात्तै बढेको छ । माग बढेपछि कम्पनीहरुले एलईडीको मूल्य गतवर्षभन्दा निकै घटाएका छन् ।

उपभोक्तालाई एलईडीको प्रयागमा प्रोत्साहन गर्न गोल्छा अर्गनाइजेशन अन्तरगतको ‘हिमस्टार’ले पनि आफुनो नयाँ प्रविधिको एलईडी बल्बको न्युनतम् मूल्य १५० रुपैयाँमा झारेको छ । जुन, बल्ब बजारमा आइसकेको छ र अहिले चर्चामा पनि छ ।

गुणस्तरीय बल्ब उत्पादन गरिरहेको हिमस्टारले उपभोक्तालाई सुपथ मूल्यमा नै एलईडी उपलब्ध गराउने हेतुले मूल्यमा सम्झौता नगरिएको कम्पनीका उप-महाप्रवन्धक विष्णुराज त्रिपाठीले बताए ।

‘अहिले एलईडीको प्रयोगदर बढेको छ । यसबाट उपभोक्ताले पनि लाभ लिने अवस्था बनको छ,’ त्रिपाठी भन्छन्,’बजारमा मागसँगै प्रतिस्पर्धा बढेका कारण हिमस्टारले अपत्यारिलो मूल्यमा गुणस्तरीय बल्ब ल्याउन सकेको हो ।’

उत्कृष्ट प्रकाश, सुपथ मूल्य

नयाँ एलईडी बल्ब १०० लुमन्स/वाटको विशेषतासहित आएको छ । जसमा उच्च पावरको कार्यक्षमता छ । यसमा न्यून मात्रामा विद्युतको खपत र उच्च लुमन्स रहेको छ ।

साधारण बल्बले ८० प्रतिशत बजुलीलाई ताप र २० प्रतिशतलाई मात्र प्रकाशमा बदल्छ । त्यसैले ठूला वाट क्षमताका बल्ब बाल्नु पर्ने बाध्यता थियो । त्यसले बिजुलीको खपत बढी गराएर खर्च पनि बढाउँथ्यो ।

तर, हिमस्टार एलईडीले ८० प्रतिशत बिजुलीलाई प्रकाशमा परिवर्तन गर्ने भएकाले कम वाट क्षमताकै बल्बले पनि पर्याप्त उज्यालो दिने दावी कम्पनी गर्छ । यसले विजुलीको महशुल खर्च पनि घटाउँछ ।


हिमस्टारको ८ वाटको एलईडी बल्बको मूल्य १५० मा किन्न सकिन्छ । हिमस्टारका सबै बल्बमा ३ वर्षको वारेन्टी प्रदान गरिएको छ ।  हिमस्टार एलईडी बल्ब मूल्य, लुमन्स र गुणस्तरका कारण उत्कृष्ट रहेको दावी उप-महाप्रवन्धक त्रिपाठीको छ ।

हिमस्टारले विभिन्न लाइटिङ तथा लुमीनारिज उपलब्ध गराउँछ । हिमस्टारले ३ देखि ५० वाटसम्मका बल्बहरु बजारमा ल्याएको छ ।   ०.५ वाटको कलरफुल फेस्टिभ बल्ब पनि बजारमा छन् । ट्युबलाइट्स रिसेस्ड तथा सर्फेस माउन्ट डाउनलाइट र प्यानललाइट पनि छन् ।

‘विश्वस्तरीय गुणस्तर’

‘हाम्रो बल्ब तथा लाइट बन्ने सबै मेटेरियल विश्व चर्चित फिलिप्स, ओस्राम, सिल्भानिया ब्राण्डकै आपूर्तिकर्ताबाटै लिन्छौं । जुन विश्व स्तरमा निकै गुणस्तरीय मानिन्छन्,’ त्रिपाठीले भने,’त्यसैले पनि हामीले ३ वर्षको वारेन्टी दिन सकेका छौं । हाम्रा ग्राहक पनि ढुक्क छन् ।’


हिमस्टार नेपालकै सबैभन्दा धेरै एलईडी उत्पादन र बिक्री गर्ने कम्पनी हो । लोडसेडिङ व्यवस्थापनको लागि प्राधिकरणले थालेको महाअभियानमा सहयोग पुग्ने गरी एलईडीको मूल्यमा समायोजन गरिएको कम्पनीले बताएको छ ।

उभोक्तालाई साधारण सीएफएलभन्दा कम विजुली खपत गरेर उच्चस्तरको प्रकाश दिने एलईडीको प्रयोगमा प्रोत्साहित गर्न हिमस्टारले यस्तो प्रयास गरेको बताएको छ ।
एलईडी लाइटको प्रयोगले विजुली कम खपत हुन्छ र त्यसले बिजुलीको लोड व्यवस्थापनमा सहयोग पुग्छ ।

‘यो लाइटले उपभोक्ताको मासिक बिजुली खर्च पनि कम हुन्छ, राज्यलाई पनि यले निकै फाइदा पुग्छ’ उप-महाप्रवन्धक त्रिपाठीले भने,’अब एलईडी बाल्न उपभोक्ताले कञ्जुस्याँई गर्नुहुँदैन । ‘

वास्तबिक एलईडी

एलईडी बल्बको मुख्य विषेशता भनेकै कम बिजुली खपत गरेर पनि गतिलो प्रकाश दिनु हो । यसले ४ गुणासम्म बजिुली बचत गर्छ । २० वाटको सिएफएलले दिने बराबरको प्रकाश ५ वाटको एलईडीले दिन्छ । यो हुनासाथ उपभोक्ताको मासिक बिजुली बिल पनि महंगो हुँदैन ।

बजारमा विभिन्न ब्राण्डेड र साधारण गरी दुई प्रकारका एलईडी बल्ब किन्न पाइन्छ । धेरै जसो बल्बमा १ वर्षको वारेन्टी दिइएपनि हिमस्टारले ३ वर्षका लागि ढुक्कसाथ बल्ब बाल्न सकिने प्रत्याभूति दिएको छ ।


फाइबरले बन्ने एलइडी बल्ब साधारण रुपमा झर्दा पनि फुट्दैन । मूल्य पनि सीएफएल बल्बभभन्दा धेरै महंगो नपर्ने अवस्था हिमस्टारले तयार गरेको छ । सीएफएल भन्दा एलइडी बल्ब बढी टिकाउ पनि हुन्छ ।

एकपटक एलइडी किनेका उपभोक्ता फेरि सीएफएलमा हत्तपत्ति फर्किँदैनन्, किनभने यो निकै उपयोगी र किफायती हुन्छ ।

‘हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको सीई सर्टिफाईड एलईडी बल्ब हो, जून नेपालमा सबैभन्दा धेरै बिक्री हुने एलईडी बल्ब पनि हो,’ त्रिपाठीले भने ।

लो-भोल्टेजको साथी

हिमस्टारको पावर फ्याक्टर ०.९ रहेको दावी कम्पनीको छ । बजारमा पाइने अन्य साधारण एलईडीको पावर फ्याक्टरको तुलनामा यो दोब्बरभन्दा पनि बढी हो ।

‘पावर फ्याक्टरले नै एलईडी बल्बको गुणस्तर र त्यसले क्षमताअनुसार दिने उज्यालोलाई संकेत गर्छ,’ उप-महाप्रवन्धक त्रिपाठीले भने,’हामी यो पक्षमा निकै सबल छौं । त्यसैले पनि हामी एलईडी उत्पादन र बिक्री गर्ने नम्बर १ कम्पनी बनेका हौं ।’

हिमस्टार एलईडी बल्बको १ सय भोल्टसम्मको विजुलीमा पनि उत्कृष्ट प्रकाश दिन्छ ।, यसका कारण लो-भोल्टेज हुने क्षेत्रमा पनि यने उपयोगी हुन्छ ।
‘सँधै लो-भोल्टेज छ भने त्यसले एलईडीलाई असर गर्छ,’ त्रिपाठीले भने,’रेगुलर लो-भोल्टेज खेप्ने एलईडी भने चाँडो बिग्रिन्छ ।’


यस्ता छन् बल्ब र लाइट

हिमस्टार एलईडी बल्ब अहिले ३, ५, ८, ११, १४, १८, २०, ३०, ४०, ५० वाटमा उपलब्ध छ । यसको मूल्य १५० देखि १५ सय रुपैयाँसम्म छ ।

डाउन लाइट ६, १२ र १८ वाटमा उपलब्ध छ । यसको मूल्य ४१० रुपैयाँदेखि ८१० रुपैयाँसम्म छ । प्यानल लाइटको मूल्य भने ३ हजार ९ सय ९९ तोकिएको रुपैयाँ छ ।

१८ वाटको एलईडी ट्युबलाइटको मूल्य २६० रुपैयाँ छ । उपभोक्ताले सीएफएल ट्युबलाइट जोडेको फ्रेमको चोक हटाई तार सिधा जोडेर एलईडीलाई त्यसैमा सेट गर्न सक्ने त्रिपाठी बताउँछन् ।

हिमस्टारको बल्बले तोकिएको वाटअनुसार नै विजुली खपत गर्ने दावी कम्पनीको छ । अहिले बजारमा कम वाट उल्लेख भएका एलईडीले पनि ठूलो वाट क्षमतामा विजुली खपत गर्छन् । जसले बिजुलीको महशुल घटाउने उपभोक्तामो योजनामा बाधा परिरहेको छ ।

हिमस्टारको बल्बमा बत्ती ‘धिपिक-धिपिक’ हुने समस्या पनि नभएको कम्पनी बताउँछ । गुणस्तरीय उत्पादन भएकाले नै उपभोक्ताले रुचाएको दावी कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment