+
+

ताप्लेजुङमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

रविन भट्टराई रविन भट्टराई
२०७४ कात्तिक २३ गते ८:४१


२३ कात्तिक, ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा बुधबार आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

फक्ताङ्लुङ–६ निवासी डण्डु शेर्पाको घरमा  आगलागी भएको हो । भान्सा कोठाबाट अचानक सुरु भएको आगोले उनको ढुङ्गा, माटो र काठले बनेको २ तल्ले घर तथा घरभित्र रहेका नगद १५ लाख जलेर नष्ट भएको छ । आगोले यूरो डलर ६ सय, यूएस डलर ८ सय र सुन–चाँदी समेत जलेको छ ।

आगो नजिकै रहेको जण्डौल शेर्पाको घरमा समेत आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।

सीमा प्रहरी चौकी घुन्साबाट खटिएको प्रहरी टोली र स्थानीयले २ घन्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?