Comments Add Comment

‘पद्यमावती’ रिलिज नै नहुने संभावना बढेपछि भन्सालीले खोले मुख

चलचित्र ‘पद्यमावती’का निर्देशक सञ्जयलीला भन्सालीले एक भिडियो जारी गरी चलचित्रको विषयमा रहेको विवादप्रति प्रष्टिकरण दिएका छन् । ‘म रानी पद्यमावतीको कथाबाट सधै प्रभावित छु । यो चलचित्रले उनको वीरता र बलिदानको कथा उल्लेख गरेको छ ।’ निर्देशक भन्सालीले भने ।

पछिल्लो समय चलचित्रका विषयमा निकै विवाद भैरहेको छ । चलचित्रको विषयमा विरोध गर्नेहरुले रानी ‘पद्यमावती’ र अलाउद्दिन खिलजीको विच प्रेम सम्बन्धका विषयमा पनि प्रश्न उठाएका छन् । निर्देशक भन्सालीले रानी पद्यमावती र अलाउद्दिन खिलजीको अपमान गर्ने कुनै दृष्य नरहेको दावी गरेका छन् ।

‘मैले यो चलचित्र निकै सुझबुझ लगाएर पूर्ण रुपमा बनाएको छु । राजपुतको मान मर्यादालाई ध्यानमा राखेर चलचित्र बनाएको छु ।’सोमवार भाजपा सांसद चिन्तामणि मालवीयले फेसबुकमा एउटा पोष्ट गर्दै चलचित्रको विरोध गरेका छन् । साथै उनले आफ्ना समर्थकलाई चलचित्र नहेर्न अपिल पनि गरेका छन् ।

राजपूत संगठनले पनि एक डिसेम्बरमा रिलिज हुने यस चलचित्रको विरोध गरेका छन् । अखण्ड राजपुताना सेवासंघले सेन्सर बोर्डलाई चलचित्र रोकिदिन आग्रह गरेका छन् ।

गएको मार्चमा चलचित्र सुटिङको क्रममा राजपुत संगठनले फिल्मको विरोध गर्दै फिल्मको सेटमै आगो लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment