+
+

नवजात शिशुको यी अवस्थामा अत्तालिनु पर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २३ गते ११:५९

नौ महिना पेटमा बोकेर जन्माएको बच्चामा कुनै कमीकमजोरी होला कि ? हरेक आमाको मनमा कहिँकतै यही चिन्ता हुन्छ । बच्चा सग्लो होस्, तन्दुरुस्त होस्, स्वस्थ्य होस् भन्ने चाहन्छौं । यद्यपी नवजात शिशु सम्पूर्ण रुपमा परिपक्क हुँदैनन् । उनीहरु शारीरिक रुपमा केही फरक देखिन सक्छ । यस्ता कुरा स्वभाविक हुन्, जो पछि बिस्तारै आफै ठिक हुन्छ । त्यसैले यस्ता कुरामा अत्तलिनु पर्दैन ।

सुरुमा अनौठा देखिन्छन्

नवजात शिशु अलिक अनौठा देखिन्छन् । उनीहरुको टाउको अलि ठूलो र हात-गोडा धेरै साना हुन्छन् । आँखा चिपचिप परेको हुन्छ ।

प्रसव व्यथाका दौरान आमाको शरीरबाट बाहिर निस्किने प्रक्रियामा पर्ने दवावका कारण शरीरको आकारप्रकार भिन्न भएको हुनसक्छ । तर, एक महिनाभित्रमा बच्चाको पुरै लुक्स बदलिन्छ ।

छाला सुख्खा हुन्छ

नौ महिनासम्म पेटभित्र तरल पदार्थमा रहेपछि अचानक हावामा आउँदा बच्चाको छाला रुखो हुन्छ । संयम राख्नुस । केही हप्तामै तपाईंको कल्पना मुताबिक बच्चाको त्वचा गुलाबी र मुलायम भइहाल्छ ।

औधि रुन्छन्

भर्खर जन्मेका बच्चा औधि रुन्छन् । भोक लाग्दा होस वा सुसु आउँदा, थकाई लाग्दा होस वा सुतेर उठ्दा उनीहरु च्याँ गर्दै रोइहाल्छन् । उनीहरु यसकारण रुन्छन् कि हरेक किसिमका भावना व्यक्त गर्न उनीहरुसँग एक मात्रै विकल्प हुन्छ, रुने । सुरु-सुरुमा बच्चा किन रोइरहेको छ भन्ने भेउ पाउन पनि मुस्किल पर्छ । रिस पनि उठ्छ । तर, बिस्तारै बुझ्दै गइन्छ ।

सबैथोक ओकल्छन्

नवजात शिशुहरु अत्यन्त नाजुक हुन्छन् । अक्सर दुध चुसाइसकेपछि लगत्तै वा केहीबेरपछि उनीहरु सबै ओकलिदिन्छन् । यसकारण कि उनीहरुको शरीर पाचन प्रक्रियामा अभ्यस्त भइसकेको हुँदैन र उनीहरुको मांशपेशीहरु हरेक दिन विकास भइरहेको हुन्छ । त्यसैले केही खुवाउनासाथ बच्चालाई ढ्याउ गराउने गर्नुपर्छ ।

हरेक दिन नुहाउनु पर्दैन

जबसम्म बच्चाको नाभी कर्डको बाँकी भाग खस्दैन तबसम्म उसको शरीरलाई मनतातो पानीमा भिजाइएको तौलिया निचोरेर हल्का हात पुछिदिनुपर्छ । त्यसपछाडि दुई-तीन दिनमा एक पटक मनतातो पानीले नुहाउन सकिन्छ । नुहाउँदा गर्दन र शिरलाई सही ढंगबाट समात्नु आवश्यक छ । बच्चालाई ननुहाएको दिन मनतातो पानीमा भिजाएको तौलियालाई निचोरेर पुछिदिने गारौं  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?