+
+

पोखराको क्याम्पस मानित विश्वविद्यालय बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २५ गते १७:३२

२५ कात्तिक, पोखरा । सामुदायिक क्याम्पस भन्ने बित्तिकै नाक खुम्च्याउनेहरुका लागि पोखराको जनप्रिय क्याम्पस फरक उदाहरण बनेको छ । पटकपटक देशभरकै सामुदायिक क्याम्पसमा उत्कृष्ट बनिसकेको जनप्रिय बहुमुखी यतिबेला मानित विश्वविद्यालयको खुडि्कलो उक्लँदैछ ।

जनपि्रय देशकै फरक क्यापस मात्रै होइन, आफैं मानित विश्वविद्यालय बन्ने बाटोमा रहेको क्याम्पस हो । यसै क्रममो क्याम्पसले नेपालमै पहिलोपटक माउन्टेन टुरिजम मेनेजमेन्ट (पर्वतीय पर्यटन व्यवस्थापन) को पढाइ सञ्चालन गर्नेे भएको छ ।

स्नातक ४ वर्षे ८ सेमेस्टरको प्रणाली अन्तर्गत यो विषय यसै सत्रबाट सुरु हुने क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए । आफैंले पाठ्यक्रम विकास गरी आफैंले परीक्षा लिने र नतिजा निकाल्नेसम्मको स्वायत्तता जनपि्रयले पाएको हो ।

त्रिवि व्यवस्थापन संकायको सहकार्यमा भर्ना सम्बन्धी सूचना प्रकाशित भइसकेको समेत क्याम्पस प्रमुख गौतमले बताए । उनले कात्तिक २३ गतेदेखि मंसिर १२ गतेसम्म र्फम वितरण गरी मंसिर १४ गते प्रवेश परीक्षा सञ्चालन गरिने बताए । शैक्षिक क्षेत्रमा मात्र नभएर यस विषयले पर्यटन प्रवर्द्धनमै महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । त्यसो त अन्य विषयहरुमा पनि यो क्याम्पस उत्कृष्ट ठहर हुँदै आएको थियो ।

कात्तिक १० गतेत्रिवि प्राज्ञिक परिषदले पास गरी त्रिवि कार्यकारी परिषदको बैकठले जनपि्रय क्याम्पसलाई प्राज्ञिक स्वायत्तता दिएको उनले बताए ।

सामुदायिक क्याम्पसहरुमा सर्वाेत्कृष्ट भएर जनपि्रयले सरकारबाट पुरस्कार पाइसकेको छ । अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड पूरा गरेकैले क्युएए प्रमाणपत्र पनि यो क्याम्पसले पाएको छ ।

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले तयार गरेका थुप्रै मापदण्ड पनि पूरा गरी जनपि्रय मानित विश्वविद्यालयको बाटोमा थियो । त्यसै अनुरुप यो शैक्षिक सत्रदेखि पर्वतीय पर्यटन व्यवस्थापन विषयको पढाइ थालेको हो ।

सैद्धान्तिक र प्रयोगात्मक गरी दुवै तवरले माउन्टेन टुरिजम मेनेजमेन्ट पढाइ हुने विषय समिति सदस्यमेखराज पौडेलले बताए । यस विषयमा प्रयोगात्मकलाई पनि उत्तिकै जोड दिइएको छ ।नयाँ विषय भएको हुनाले यस विषयले प्रचुर सम्भावना बोकेको सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलको भनाइ थियो ।

अहिले एक सत्रमा २५ जनाभन्दा धेरै विद्यार्थी भर्ना गरिने छैन । सीमित विद्यार्थी लिएर दक्ष बनाउने योजनामा क्याम्पस छ । ४ वर्षे ८ सेमेस्टरको कोर्सका लािग ३ लाख ५० हजार लाग्ने क्याम्पसले जनाएको छ ।

माउन्टेन टुरिजम मेनेजमेन्ट विषयको पढाइ हुनु भनेको पोखराको लागि मात्र नभएर नेपालकै लागि गौरवको विषय रहेको प्राडा रमेशराज कुँवरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?