+
+

‘सोले’का ‘गब्बर’, जसको जीवन यसरि बदलियो

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २७ गते ११:१२


‘यहाँवाट पचाँस कोष टाढासम्म पनि जब बच्चा रुन्छ, आमाले भन्छिन्-‘सुत छोरा फेरि गब्बर आउँछ ।’चलचित्र ‘सोले’को यो संवाद बोल्ने गब्बर सिंह अर्थाल अमजद खान जिउँदो भएका भए आज ७७ वर्षका हुन्थे ।

यस्तो कमै हुन्छ । जब कुनै चलचित्रका खलनायक पनि किम्बदन्ती बन्छन् । यस्ता चलचित्र थोरै हुन्छन् जहाँ खलनायकको नामले चलचित्रलाई चिनाइन्छ । सोले र गब्बरको सम्बन्ध त्यस्तै छ ।

गब्बरले निर्वाह गरेको भुमिका पहिला डेनीलाई अफर गरिएको थियो । ‘स्त्रिmन म्यागेजिन’ को कभरमा डेनी सहित ‘शोले’को स्टारकास्टको तस्विर छापिएको थियो ।

तब सलीम खानले जावेद अख्तरलाई अमजल खानको वारेमा जानकारी गराए । जावेद अख्तरले पनि अमजद खानको वारेमा जानकरी लिए । उनी अमजद खानलाई केही पहिलादेखि चिन्थे । उनले दिल्लीमा एक नाटकमा काम गर्दै गरेको अवस्थामा अमजदलाई देखेका थिए ।

पेशावरको एक पठान परिवारमा जन्मिएका अमजद खान थिएटरवाट ठूलो पर्दामा आएका थिए । पिता जयन्तका साथ उनले वालकलाकारको रुपमा केही चलचित्रमा काम गरेका थिए । सन् १९७३ मा चेतन आनन्दको हिन्दुस्तान की कसम’बाट उनको चलचित्र करिअर सुरु भएको थियो ।

सन् १९७५ मा अमजद खानले ‘सोले’मा अभिनय गरे लगत्तै एक बिस्कुट कम्पनिको ब्राण्ड एम्बेस्डर बने । बलिउडमा भिलेनलाई विज्ञापन थोरै कम्पनिले मात्रै गराउँछन् । अमजद खान त्यही भाग्यमानी मध्ये एक हुन् ।

नायक अमिताभ बच्चनसँगै उनी केही चलचित्रमा देखिए । उनले अभिनय गरेका चलचित्रहरुमा ‘मुकद्दरका सिकन्दर, लावारिस, महान देशप्रेमी, राम बलराम’ लगायत छन् ।

अर्को कुरा अजमद केवल गब्बर सिंहको इमेजमै कैद रहेनन् । उनले सत्यजीत रे को शतरञ्ज के खिलाडीमा अवधका नवाव वाजिद अली शाहको भुमिका निर्वाह गरे । उत्सवमा उनले कामसुत्रका लेखक वात्सायनको भुमिका निर्वाह गरे ।

उनले यो पनि सावित गरे कि पर्दामा खलनायकले केवल डराउनु मात्र हुँदैन, हसाँउन पनि सक्छन् । फिरोज खानको कुर्वानी र बासु चटर्जीको ‘चमेलीको शादी’ मा दर्शकलाई हसाँउने काम पनि गरेका थिए ।

सन् १९७६ मा भएको सडक दुर्घटनामा अमजाद खानको जिन्दगी बद्लियो । उपचारकै क्रममा त उनी बाचे तर, औषधीको साइड इफेक्टका कारण वजन बढ्यो । पछि त्यहि औषधीको कारण ५१ वर्षको उमेरमा उनको निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?