+
+

लाङ्टाङमा भूकम्पले विस्थापित प्रहरी चौकी पुनःस्थापना

रासस रासस
२०७४ कात्तिक २७ गते १३:२१

२७ कात्तिक, रसुवा । भूकम्पपछि विस्थापित नेपाल प्रहरीको लाङ्टाङ सुरक्षा चौकी पुनःस्थापना गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार २०७२ सालको भूकम्पका कारण त्यहाँका सबै पूर्वाधार ध्वस्त भएकामा स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षा दिन विस्थापित प्रहरी चौकी पुनःस्थापना गरी सेवा विस्तार गरिएको हो ।

धेरै वर्ष पुरानो लाङ्टाङ प्रहरी चौकी २०७२ सालको भूकम्पले पूर्ण क्षति बनाएपछि बस्ने ठाउँको अभावमा विस्थापित सो चौकी पुनःस्थापना हुँदा हिमाली ग्रामीणवासी र आन्तरिक एवं बाह्य पर्यटकले सुरक्षा महसुस गर्न थालेको लाङ्टाङ चौकी पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा तामाङले बताए ।

भूकम्पले लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पूर्णरूपमा ध्वस्त हुँदा १७५ स्थानीयवासी १० नेपाली सेना र केही विदेशी नागरिकको मृत्यु भएको थियो ।

नेपाली सेना र लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षा चौकी भने पुनः स्थापना हुन बाँकी छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?