Comments Add Comment

नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउने जिम्मा लगानी बोर्डलाई


२७ कात्तिक काठमाडौं । लगानी बोर्डले नागढुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीअार)  तयार गर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई विस्तृत सम्भाव्यता अध्ययन गर्दै यसको निर्माण अघि बढाउन जिम्मा दिएको छ ।

हालै मात्रै लगानी बोर्डले रेलको बारेमा एक अध्ययन रिपोर्ट तयार पारेको थियो । जसलाई सोमबार बसेको बोर्डको बैठकमा पेश गरिएको थियो ।

रिपोर्ट अनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सकिन्छ । जसमा रुट एक लगानी बोर्ड आफैंले अघि बढाउुनपर्ने भनि उल्लेख गरिएको थियो ।

अब बोर्डले रुट १ को लगानी बोर्डले सम्भाव्यता अध्ययनका साथै विस्तृत अध्ययन समेत गर्नेछ । निर्माणका लागि यसलाई सार्वजनिक निजी साझेदारी अन्र्तगत बुट मोडलमा अघि बढाइनेछ ।

लगानी बोर्डले पेश गरेको रिपोर्टमा रुट दुईको निर्माणको जिम्मा भने रेल विभागलाई दिने भनिएको छ । त्यस्तै रुट २ को रुपमा विकास गर्न लागिएको रुट भने बुढानिलकण्ठ सातदोबाटो हुँदै काठमाडौ तराई द्रुत मार्गसम्म पुग्छ ।

गत वर्षको पुष २५ गते बसेेको बोर्डको बैठकले सम्भाव्यता सँगै मेट्रोको डेभलपमेन्ट मोडल तथा अनुदान के कसरी दिन सकिन्छ भनेर अध्ययन गर्न एक कमिटी गठन गरिएको थियो । जसले बनाएको रिपोर्ट नै सोमबार बोर्डको र्बठकमा पेश गरिएको हो ।

काठमाडौंमा रेलको बारेमा पटक पटक अध्ययनहरु भएपनि ठोस् रुपमा भने काम अघि बढ्न सकेको छैनन् । यसअघि जापान सहयोग नियोग (जाईका), रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले अध्ययन गरिसकेका थिए । तर डीपीआरको अध्ययन भने अहिलेसम्म हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment