Comments Add Comment

जिल्ला समन्वय समिति सिरहामा वाम गठबन्धनको बर्चश्व

२७ कात्तिक, लहान । जिल्ला समन्वय समिति सिरहाको सोमबार भएको निर्बाचनबाट नेकपा एमाले र माओबादी केन्द्रको गठबन्धन प्यानलै बिजयी भएको छ ।

जिल्ला समन्वय समिति सिरहाको संयोजकमा माओबादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा एमालेका सरोज कुमार यादब बिजयी भएका छन् ।

त्यसैगरी दलित तथा अल्पसंख्यक सदस्यमा कृष्ण माया कामी, गीता कुमारी पासवान, नुरजहा खातुन बिजयी भएका छन् भने अन्य सदस्यमा उमेश कुमार सिंह, छविलाल यादव र शुभ नारायण शाह रहेका छन् ।

त्यस्तै दलित महिला सदस्यमा चेतरा मोची बिजयी भएको मुख्य निर्बाचन अधिकृत शुदर्शन राज पान्डेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment