1. ताजा अपडेट
Comments Add Comment

चुनावी प्रचारमा हिँडेका कार्यकर्ताको भिरबाट लडेर मृत्यु


२८ कात्तिक, खोटाङ । नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार कांग्रेसको टोलीसँग गाउँमा भोट माग्न गएका थिए । गाउँमा भोट मागेर राति घर फर्किएका उनको स्थानीय साल्लेभिरबाट लडेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

घरबाट बिहान सबेरै हिँडेका उनी रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला पारिएको मृतकका आफन्तले बताएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ ।

मृत्युको बारेमा अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

भिरबाट करिब २० मिटर तल मृतावस्थामा भेटिएका उनी लामो समयदेखि राप्रपामा क्रियाशील राप्रपा जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Advertisment