सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

सिरहा जिससमा वाम गठबन्धनको समूह नै विजयी

Suzuki


२८ कात्तिक, सिरहा । जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धन प्यानलै विजयी भएको छ ।

जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा (एमाले) का सरोजकुमार यादव विजयी भएका छन् ।

समन्वय समितिको संयोजक र सहसंयोजकमा निर्वाचित ठाकुर र यादवले १८–१८ मत प्राप्त गरेका छन् भने संयोजक पदका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष बादलप्रसाद यादवले १४ तथा सहसंयोजक पदका प्रतिस्पर्धी नेपाली कांंग्रेसका बिसुन साह बनियाँले १३ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले दिएको जानकारी अनुसार, दलित तथा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका कृष्णमाया कामी, नेकपा (एमाले) बाट गीताकुमारी पासवान र नुरजहाँ खातुन १८–१८ मत ल्याई विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी पुनातादेवी पासवान र रामप्यारी महतो कोइरीले १४–१४ मत प्राप्त गरे ।

त्यस्तै, समितिका अन्य सदस्य पदमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेशकुमार सिंह, छविलाल यादव र शुभनारायण साह१८–१८ मत ल्याइ विजयी हुँदा संघीय समाजवादी फोरम नेपालका नागेन्द्रप्रसाद यादव र नेपाली कांग्रेसका सुरेन्द्र साहले चार–चार मत तथा फोरमका राजकुमार महतो र रामरतन कामतीले नौ–नौ मतमा रोकिए ।

दलित महिला सदस्यमा चेतरा मोची निर्विरोध निर्वाचित भएकी छन् ।

सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४ जना जिल्ला सभासद् सदस्यमध्ये ३३ जनाले मतदान गरेका थिए ।

 

२०७४ कार्तिक २८ गते १०:५३ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this