Comments Add Comment

एग्युरो ड्रेसिङ रुममा बेहोस भए, अर्जेन्टिना हार्‍याे

२९ कात्तिक, काठमाडौं । लिओनल मेस्सी विनाको अर्जेन्टिना मैत्रिपूर्ण खेलमा नाइजेरियासँग पराजित भएको छ ।

खेलको हाफ टाइममा अर्जेन्टिनाका सर्जिओ एग्युरो ड्रेसिङ रुममा बेहोस भएका थिए । उनलाई अस्पताल लगिएको छ ।

खेल नाइजेरियाले ४–२ ले जितेको छ ।

३६ औं मिनेटमा एग्युरोले गोल गदै पहिलो हाफमा टिमलाई २–१ को अग्रता दिलाएका थिए । तर, इवाबीले दुई गोद गर्दै नाइजेरियालाई जित दिलाए ।

२९ वर्षीय एग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनको क्लब म्यानचेष्टर सिटीले भने एग्युरोले होस नगुमाएको र उनलाई चेक गर्न अस्पताल लगिएको बताए । उनी थप चेकअपका लागि क्लब फर्कँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment