Comments Add Comment

चीनमा बुद्धको अस्तुधातु भेटिएको दाबी

२९ कात्तिक, लन्डन । चीनको जिङचुआन काउन्टीमा भगवान बुद्धको २५ सय वर्ष पुरानो अस्तुधातु फेला परेको दाबी गरिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार दाहसंस्कार गरिएका दुई हजार टुक्रा हाडखोर एउटा माटोको बाकसमा फेला परेका हुन् ।

उक्त बाकसमा रहेको शिलालेखमा ती अवशेष बुद्धको रहेको उल्लेख छ । उक्त काउन्टीमा दुई सय ६० वटा बुद्धका शालिकहरु बीचमा उक्त बाकस फेला परेको थियो ।

लोङसिङ मोनास्टि्रको मन्जुश्री मन्दिरका दुई भिक्षुहरु युनजिआङ र झिमिङले छिमेकी देशहरुबाट २० वर्ष लगाएर ती हाडखोर संकलन गरेका थिए ।

८० वर्षको उमेरमा निधन भएका बुद्धको अस्तु उनका शिष्यहरुबीच बाँडिएको र टाढासम्म फैलाइएको बौद्धमार्गीहरु बताउँछन् ।

पाँच वर्षअघि मन्दिरनजिकै सडकको काम गरिरहेका गाउँलेले उक्त बाकस पत्ता लगाएका थिए । बाकसमा रहेका दाँत र हाडहरु सहित दुई हजार वटा अवशेष फेला परेका छन् ।

बाकसका साथै पुरातत्वविद्हरुले दुई सय ६० वटा दुई मिटर अग्ला शालिकहरु भेटेका छन् । हाडहरु संकलन गरिएकै समयमा ती शालिक गाडिएका हुन् कि होइनन् भन्ने प्रष्ट भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment