Comments Add Comment

मेस्सीलाई आजीवन क्लबमा राख्ने बार्सिलोनाको चाहना

३० कात्तिक, काठमाडौं । बार्सिलोनाले आफ्ना अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई आजीवन सम्झौता गर्ने योजनामा रहेको खुलासा भएको छ ।

स्पेनिस पत्रिका डेपुर्टिभो मुण्डोले यो दावी गरेको छ कि बार्सिलोना आफ्ना स्टार मिडफिल्डर आन्द्रेस इनिएष्टाजस्तै मेस्सीलाई पनि आजीवन क्लवमा राख्ने ग्यारेन्टी दिन सक्छ ।

अखवारमा भनिएको छ, मेस्सी यसै पनि २०२१ सम्म बार्सिलोनामै रहनेछन्, यद्यपि क्लव र खेलाडी दुवैले स्वतन्त्र पुष्टि भने गरिसकेका छैनन् ।

यसबीचमा बार्सिलोनाका अध्यक्षले मेस्सीलाई जीवनभर बार्सिलोनामै रहने गरी सम्झौताको प्रस्ताव गरेका छन् । मेस्सीले चाहेको समयमा सन्यास लिन पाउने गरी सम्झौता हुने प्रस्ताव भएको डेपोर्टिभोले जनाएको छ ।

मेस्सी क्याटलान क्लवसँग अहिले खुसी रहेको बताइन्छ । तर गत वर्षका केहि उलटपुलट घटना र म्यान्चेस्टर सिटीको कीर्तिमानी प्रस्तावले बार्सिलोनाको सम्झौतामा असर पर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment