नायक निखिल उप्रेती आफ्नो नयाँ चलचित्र ‘पिजडा ब्याक एगेन’को प्रचारमा पनि हिडिरहेका छन् । साथै, उनलाई अहिले चुनावले पनि मज्जैले छोएको छ ।
नेपालका केही कलाकारले खुलेरै कुनै एक पार्टीका नेताका लागि भोट मागिरहेका छन् ।
तर, चुनावमा राजनीतिक दलका नेताले दिएको आश्वासन पुरा नगरेपछि केही कलाकार भने चुनावको सरगर्मी भन्दा परै देखिएका छन् । स्थानिय निकायको चुनावमा नायक राजेश हमालले आफ्नो निर्वाचन क्षेत्रमा एमालेका नेताका लागि भोट मागेको तस्बिरले चर्चा पाएको थियो ।
अहिले, नायक निखिल उप्रेती पनि एमालेका एक चर्चित नेताका लागि भोट मागिरहेका छन् । काठमाण्डौ क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका उम्मेदवार इश्वर पोखरेलका लागि भोट माग्न निर्देशक दिनेश डीसी र नायक निखिल उप्रेती सक्रिय देखिएका छन् ।
नायक निखिल उप्रेतीले खुलैर कुनै पार्टीको समर्थन गरेको यस अगाडि देखिएको थिएन ।
प्रतिक्रिया 4