Comments Add Comment

रिलायन्स लाइफ इन्स्योरेन्सले सुरु गर्यो सेवा, ६३ करोडकाे सेयर जारी गर्ने


१ मंसिर, काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रवारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।  ‘हामीले सुरुवातमा ३ वटा बीमा योजना सञ्चालनमा ल्याएका छौं, निकट भविष्यमा थप ४ बीमा योजना सञ्चालनमा ल्याउने भएका छौं,’ कम्पनीका अध्यक्ष तारा चन्द केडियाले भने ।

कम्पनीले बीमा योजना बिक्री, गुनासो सुनवाई लगायतमा प्रविधिको प्रयोग गर्ने उल्लेख गरेको छ ।  ‘हामी आफ्ना बीमा योजना बिस्तार गर्न डिजिटल प्लाटफर्मको प्रयोग गर्नेछौ,’ नायब प्रमूख निरञ्जन कँडेलले बताए । कँडेलले बिमा योजनाहरुको बिक्रीमा भ्रमको साहरा नलिने स्पष्ट पारे ।

‘हामीले सुनेकौं छौं, कतिपयलाई बीमा गर्दा रकम दोब्बर हुन्छ भनेर प्रलोभन देखाउने, योजनाले समेट्नेभन्दा अन्य लाभहरु बताएर बीमा गराउने परिपाटी पनि छ, हामी भने त्यसो गर्दैनौं,’ कँडेलले उल्लेख गरे ।

कम्पनीले व्यवसाय विस्तारको क्रममा नयाँ ग्राहकहरुमा जाने र बीमितको दोहोरोपनालाई प्रश्रय नदिने प्रयास रहने पनि घोषणा गरेको छ ।
हाल १ अर्ब ४७ करोड सेयर पूँजी रहेको कम्पनीले सर्वसाधारणमा निकट भविष्यमा ६३ करोड सेयर जारी गर्ने योजना बनाएको छ । यससंगै कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीका हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् ।

खुलेर जिऔं भन्ने नारा साथ सञ्चालनमा आएको कम्पनीले बीमा समितिमा १५ वटा शाखा विस्तारको लागि आवेदन दिएको छ । हाल कम्पनीको सञ्चालकहरुमा पवन कुमार अग्रवाल, भरत कुमार तोडी, पवन कुमार अग्रवाल र सुन्दर प्रसाद कँडेल छन् ।

नायब प्रमूख कँडेलसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका वित्तीय संस्थामा काम गरेको १२ वर्षको अनुभव रहेको छ । कम्पनीको महाप्रबन्धकमा यस के तमोट रहेका छन् । तमोटसंँग बीमा क्षेत्रमा काम गरेको ५० वर्षको अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment