Comments Add Comment

फेरि अफगानिस्तान बाधक, नेपाल सेमिफाइनलबाटै बाहिरियो

१ मंसिर, काठमाडौं । अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ ।

अफगानसँगको खेलमा नेपालको ब्यटिङ चलेन भने बलिङ पनि औसत मात्र रहृयो ।

२०११ मा आायरल्याण्डमा भएको यू-१९ को ग्लोबल छनोटयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो ।

यो पटक समूह चरणमा बंगलादेशसँग सम्मानजनक प्रदर्शन गर्नुका साथै भारतलाई हराएको थियो । त्यसैले ६ वर्षयता ब्यहोरेको हारको एकमुष्ट बदला लिने अवसरका रुपमा लिइएको थियो ।

तर, नेपाली टोलीले त्यसलाई सदपुयोग गर्न सकेन ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा १०३ रन जाड्दा अलआउट भयो । जुन लक्ष्य अफगानले ३ विकेट गुमाएर २०.३ ओभरमा भेट्टायो । उसलाई जितका लागि मात्र १० रन चाहिएको बेला वर्षाले  खेल झण्डै दुर्इ घन्टा रोकियो ।

वर्षा रोकिएपछि सुरु भएको खेल सुरु भएको केहीबेरमा नै अफगानले जित निकाल्यो । तर उसले त्यसका लागि २ विकेट गुमायो । ओपनर रमानुल्लाह गुर्वाज ७१ रन बनाएर सन्दिप लामिछानेको बलमा आउट भए । पवन सर्राफले इक्रम अलीलाई १८ रनको स्कोरमा आउट गरे ।

यसअघि टस हारेपछि नेपालको ब्याटिङ रहृयो । २ रन जोड्दा पहिलो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको नेपालले थप ७ रन जोड्दा अर्का ओपनर जितेन्द्र सिंहलाई गुमायो । तेस्रो नम्बरमा आएका अनिलकुमार साहले क्रिजमा टिके पनि उनलाई साथ दिन कोही भएनन् ।

अनिलले कप्तान दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि २३ रनको साझेदारी गरे । तर, दिपेन्द्र व्यक्तिगत ६ रनमा आउट भए । रोहितकुमार पौडेल ४ रनमै आउट भए । पाचौं विकेटका लागि भीम सार्कीसँगै ३० रनको साझेदारी गरे । भीम पनि ६ रनमै आउट भए ।

अनिलसँग १४ रनको साझेदारी गरेका पवन शरार्फ ८ रनमा आउट भए । अनिल सातौं विकेटका रुपमा व्यक्तिगत ५० रन बनाएर आएट भए ।

नेपालका अनिल बाहके अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा मुजीब उर रहमान एक्लैले ६ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment