+
+
Shares

रामशरण महत भन्छन्– एम्बुस विप्लवले होइन, विपक्षीले राखेको शंका छ !

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १ गते १४:४१

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

महतले विपक्षी वाम गठबन्धनका उम्मेदवार तामाङ माओवादीको हत्या हिंसाको राजनीतिबाट आएको भन्दै निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको बताएका हुन् ।

यसअघि पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी एम्बुस विष्फोट गराइएको थियो।

‘चुनावमा जित्न लाग्यो भनेर विपक्षीले एम्बुस राखेको हुन सक्छ’, डा. महतले अनलाइनखबरसँग भने, ‘बढ्दो जनसमर्थनबाट विपक्षीहरु आत्तिएका छन् ।’

विप्लप समूहको सन्दर्भमा बोल्दै महतले भने, ‘उहाँहरुले बम आक्रमण नगरेको बताइरहनुभएको मैले सुनेको छु, यो आमसभामा जान नपाओस् भन्नेहरुले गराएको आक्रमण हो ।’

डा. महतले जंगलको बीचमा बाटो मुन्तिर प्रेसर कुकर बम राखेर आतंक मच्याइएको बताए । उनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे ।

तामाङ नुवाकोट क्षेत्र नं. १ बाट बामगठबन्धनका उम्मेदवार छन् ।

यो पनि पढ्नुस् 

कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?