+
+

रैथाने एकता परिषदको समर्थन वाम गठबन्धनलाई

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १ गते १७:००

१ मंसिर,लहान । तराई मधेशमा क्रियाशील रैथाने एकता परिषद्ले आसन्न प्रतिनधिसभा तथा प्रदेशसभा निर्वाचनमा वामपन्थपी गठबन्धनलाई सघाउने घोषणा गरेको छ ।

परिषदका अध्यक्ष शन्तोष बराइलीले विज्ञप्ति जारी गरी तराई मधेशमा वंशज नागरिकको सुरक्षा र भारतीयकरण रोक्न वामपन्थी गठबन्धनलाई सघाउने निर्णय भएको बताएका छन् ।

अंगिकृतहरुले रैथानेहरुको हक अधिकार माथि धावा बोल्न खोजेकाले यस निर्वाचनमा वामपन्थी गठबन्धन रोज्नुपरेको परिषदले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ-राष्ट्रिय एकताको पक्षधर बाम गठबन्धनले यो निर्वाचनमा बिजय प्राप्त गरेमा नेपाललाई कब्जा गर्ने अंगिकृतहरुको प्रयास असफल हुनेछ ।

नेपाललाई सँधै अस्थिर बनाएर कमजोर पार्ने विदेशी षड्यन्त्र ध्वस्त हुनेछ, नेपाल समृद्ध बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?