Comments Add Comment

आठराई गाउँपालिकाको बजेट रु ३२ करोड


२ मंसिर, तेह्रथुम । आठराई गाउँपालिकाको आव २०७४–७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ ।

आव २०७४–७५ का लागि रु ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब रु १६ करोड ९३ लाख, सशर्त अनुदानतर्फ करिब रु १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आवमा प्राप्त करिब रु ५९ लाख ८७ हजार विनियोजन गरिएको गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बूले बताए ।

सशर्ततर्फको रु १४ करोड ४३ लाख तीन हजार प्राप्त अख्तियारीका आधारमा कार्यक्रम सञ्चालन हुने बताइएको छ । गाउँपालिकाले आगामी आवमा आन्तरिक राजश्व रु १० लाख संकलन गर्ने लक्ष्य लिएको छ । गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापनका कार्यक्रमलाई अघि बढाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment