Comments Add Comment

‘पटुकी’को आशमा रजनी


चलचित्र क्षेत्रमा गतिलो स्थान बनाउन नसकेकी नायिका रजनी केसीलाई अब पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पटुकी’कै भर छ । यो चलचित्रमा रजनीको साथमा नव-कलाकार जेम्स बिसीले मुख्य भुमिका निर्वाह गरेका छन् ।

चलचित्र प्रदर्शन मितिसँगै यसको फस्टलुक पनि रिलिज गरिएको छ । चलचित्र ‘परदेशी’मा अभिनय गरेपनि उनलाई त्यसले खासै फाइदा भएन । रजनी अहिले कमेडी सिरियल ‘टेन टु फाइभ’मा काम गरिरहेकी छिन् । चलचित्रको निर्देशन राम नेपालले गरेका हुन् । चलचित्रको फस्टुलकमा मुख्य नायिका रजनीको साथमा अन्य २ कलाकारलाई देखाइएको छ ।

राजनराज सिवाकोटीको संगीत रहेको यस चलचित्रलाई दर्शकले मन पराउने दावी निर्देशक नेपालले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment