Comments Add Comment

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीद्वारा प्रकाशप्रति श्रद्धाञ्जली

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएका छन् ।

सोमबार लाजिम्पाट पुगेका प्रधानमन्त्री देउवाले प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली दिएका हुन् ।

साथै पुत्रशोकमा रहेका प्रचण्ड लगायत शोकाकुल परिवालाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

यस्तै सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओली पनि लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयाघातबाट निधन भएको थियो ।

प्रचण्ड निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा अोली लगायत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment