+
+
Shares

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ३ गते १०:३७

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ ।

तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।

पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्. । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए ।

सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो ।

खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु केही पनि चलाएनन् । उनले राति ११ बजेतिर उनले झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलबाट देखिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, अाइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो ।

छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार-हतार सन्तु दराई (परवाना) लाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा पुर्‍याउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । र, त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ अबको केही बेरमा उनको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी गरिरहेको छ ।

नर्भिक अस्पतालको दृश्य

यो पनि पढ्नुस्

प्रचण्डपुत्र प्रकाश दाहालको निधन, नर्भिक अस्पतालमा अाफन्तकाे रूवाबासी

प्रकाश दाहालः जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?